सहमति विना संविधान शंसोधन भए प्रतिकार हुन्छ : नेपाल

madavदाङ–असोज १२ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जथाभावी संविधान शंसोधन भए त्यसको प्रतिकारमा उत्रिने बताउनुभएको छ । नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आवश्यकता विनै संविधान संशोधन भए त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको हो ।  नेपालले दलहरुबीच छलफल र सहमति नभई संविधान संशोधन हुन नसक्ने भन्दै यदि भए त्यसले राम्रो परिणाम नदिने बताउनुभयो ।  उहाँले सरकारले केही मधेसवादी दलहरुको माग पूरा गराई सत्ता लम्ब्याउने प्रयास स्वरुप संविधान संशोधनको प्रयास गरिरहेको आरोप समेत लगाउनुभयो ।

तपाईको प्रतिक्रिया