पोखरामा पर्यटकको चहलपहल अझै बढ्न सकेन

पोखरा–विगतका बर्षमाहरूमा पर्यटकले खचाखच भरिने पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा यस बर्ष सिजन लागि सक्दा समेत पर्यटक बाक्लो उपस्थिति छैन । गत बर्षको विनाशकारी भूकम्पदेखि नै पोखराको पर्यटन क्षेत्रले पहिलाको जस्तो गति लिन सकेको छैन । यस बर्ष पोखरामा यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट आउने पर्यटकको कमी देखिन्छ ।pokhara

चाइनिज पर्यटकहरू भने आइ रहेको लेकसाइका पर्यटक व्यवसायीले बताएका छन् । लेकसाइडको मुख्य व्यापार घुम्नका लागि आउने पर्यटकबाट हुने गरेको थियो । लेकसाइडमा यसबर्ष स्वदेशी पर्यटकहरू पनि कम आएका छन् । पोखराको मुख्य आर्कषणको रूपमा रहेको प्याराग्लाडिङ र यसबाट हुँदै आएको व्यापारमा यस बर्ष गिरावट आएको छ ।

Published On:  586पटक हेरिएको

तपाईको प्रतिक्रिया