६ बर्षपछि औषधी लिमिटेड पुन: सञ्चालनमा, औषधी उत्पादन शुरू

काठमाडौं–असोज ११ । बन्द भएको ६ बर्षपछि  पुन सञ्चालनमा आएको नेपाल औषधी लिमिटेडले औषधी उत्पादन थालेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले औषधी लिमिटेडलाई पुन सञ्चालनमा ल्याउने निर्णय गरेपछि लिमिटेडले परिक्षण उत्पादनको रूपमा औषधी उत्पादनको काम थालेको aausadi-limitedहो ।

सरकारले उद्योग चलाउन १४ करोड ४५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार जिएमपीमोडलमा जान रकमदिने निर्णय गरेको हो । जिएमपीमोडल भनेको औषधी उत्पादन गर्ने उपकरण र कोठा पूर्णत: किटाणुविहीन तथा हावा छिर्न नसक्ने व्यवस्था हो । २०२९ सालमा स्थापना गरिएको उद्योगले २०६७ सालसम्म उत्पादन गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया