डाक्टर केसी नवौं पटक अनसनमा

काठमाडौं–असोज ११ । डाक्टर गोविन्द केसीले नवौं पटक अनसन शुरू गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सोमबार नवौं अनशनमा बस्नुभएको हो । आठांै पटक सम्म अनसन बस्दा पनि राखेका माग सम्बोधन नभएको भन्दै केसी अनसन बस्नुभएको हो ।

संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै केसी अनशनमा बस्नुभएको हो । अDr.-Govinda-KC npघिल्लो सोमबार पत्रकार सम्मेलन गरेर केसीले साताभित्र संसदले सुधारका प्रक्रिया नथाले अनशन बस्ने  चेतावनी दिनुभएको थियो । केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ ।

चिकित्सा शिक्षासम्बन्धी माग पूरा हुने क्रममा रहेको र अख्तियार प्रमुखको विषय न्यायालयमा विचाराधीन रहेकाले अनशन नथाल्न सरकार पक्षले गरेको आग्रह अस्वीकार गर्दै केसी अनसन बस्नुभएको हो ।

Published On:  501पटक हेरिएको

तपाईको प्रतिक्रिया