माओवादी केन्द्रको राष्ट्रिय भेला कार्तिक १० र ११ गते

काठमाडौं–असोज ११ । माओवादी केन्द्रले आउँदो कार्तिक १० र गते राष्ट्रिय भेला गर्ने भएको छ । चैतमा हुने भनिएको स्थानीय निकायको रणनीति बनाउन राष्ट्रिय भेल गर्न लागेको माओवादी केन्द्रले बताएको छ । सोमबार सम्पन्न सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रMaoist-Centerस्ताव अनुसार भेलाको मिति तय गरेको हो । बैठकमा बोल्ने अधिकांश सचिवालय सदस्यले नेतृत्वले ठोस योजना र नीति बनाउन नसक्दा माओवादी कमजोर भइरहेको गुनासो गरेका थिए ।

बैठकमा बोल्ने कतिपय सदस्यले दाहालको भारत भ्रमणबारे प्रश्न उठाएका थिए । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त विज्ञप्तिमा दाहालले हस्ताक्षर गरेको १० र ११ नम्बर बुँदामा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भारतको समर्थन जनाउने शब्द उल्लेख भएकोमा विरोध प्रष्ट पार्न माग गरेका थिए ।

Published On:  307पटक हेरिएको

तपाईको प्रतिक्रिया