अग्रिम टिकट बुकिङ्ग विगतका वर्षभन्दा प्रभावकारी

काठमाडौं–असोज ९ । अघिल्ला वर्षको तुलनामा यो बर्षको अग्रिम टिकट बुकिङ्ग प्रभावकारी देखिएको छ । टिकटका लागि सर्वसाधारणको भीड कम भएपछि व्यवस्थापन सहज भएको हो ।

ticket2दशै तिहार लगायतका चाड पर्वका लागि भन्दै खुलाईएको अग्रिम टिकट बुकिङ अघिल्ला वर्षको तुलनामा प्रभावकारी बनेको छ । विगतका वर्षमा टिकट खुल्ला भएसँगै सर्वसाधारणको लामो लाईन र भीड लाग्ने टिकट बुकिङ काउन्टरमा अहिले भीड कम देखिएको छ । सर्वसाधारण पनि टिकटमा समस्या व्यहोर्नु नपरेको बताइरहेका छन् । यता, केही यात्रुहरु भने खोजेको दिनको टिकट नपाएर एक दिन अघि वा पछि जान बाध्य भएको बताउँछन ।

ticketव्यवस्थापन जटिल भएपनि विगतको भन्दा सहज भएको दाबी गर्ने व्यवसायीहरु रोजेकै सिट र एकै दिन जानुपर्ने यात्रुको भीडका कारण केही समस्या भएको स्विकार गर्छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट बुकिङ गुनासो रहित बनाउने प्रयास भएको भन्दै बसका सबै सिटलाई समान रुपमा हेर्न र एक दुई दिनलाई सहज रुपमा लिए टिकट समस्या नहुने बताउनुभयो । saroj-sitoulaउहाँले देशभरको सडकको अवस्था खाल्डाखुल्डी र अफ्ठ्यारो रहेको भन्दै व्यवस्थापनमा सरकारी निकाय नै उदासिन देखिएको बताउनुभयो । र पनि व्यवसायी तथा चालकले यो दशै यात्रालाई व्यवस्थित र दुर्घटना रहित बनाउने पहल गरिरहेको दाबी सिटौलाको छ ।

व्यवसायी, चालक र यात्रु मात्रै होइन, चाडपर्वमा यातायात व्यवस्थापन गर्न यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको पनि उत्तिकै सरोकार रहेको छ । चाडपर्वमा ब्यस्त वसपार्क क्षेत्रमा हुनसक्ने लुटपाट र ठगि रोक्न प्रहरीले समेत सक्रियता बढाएको महानगरीय प्रहरी प्रभाग गोंगबुकी प्रमुख पूर्णिमा चन्दले बताउनुभयो । प्रहरी निरीक्षक चन्दले बषपार्क होटल लगायतका संवेदनशिल क्षेत्रमा हुनसक्ने संभावित घटना रोक्न प्रहरी क्रियाशिल रहेको बताउनुभयो ।

चाडपर्वको समयमा काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु एकैपटक जन्मघर फर्किनु कुनै नौलो होइन् । यसलाई व्यवस्थित गर्दै आम सर्वसाधारणको दशै रमाइलो र जोखिम रहित बनाउन हामि सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।

 

 

 

तपाईको प्रतिक्रिया