बारा–असोज ९ । सरकारले भूउपयोग नीति लागू गरि जथाभावी जग्गा प्लटिङ्गमा रोक लगाएपनि बारा जिल्लामा यो निति कागजमा मात्र सिमित देखिएको छ ।
अन्र्तराष्ट्रिय विमानस्थल, स्मार्ट सिटी, आर्थिक क्षेत्र (सेज), रेल्वे विस्तार, दु्रतमार्ग लगायतका राष्ट्रिय गौरवका योजनाको चर्चा भएसँगै बाराको उर्वरभूमी मासिने क्रम बढेको छ । जग्गा माफियाहरुले आफूखुसि प्लटिङ गर्दै जग्गा बिक्रि गरिरहेका छन् ।
२० फिटे बाटोको मापदण्ड नै पुरा नगरि जग्गा कारोबार बढ्दा समेत यस्तो काम रोक्न कुनै पहल भएको छैन ।