उपभोक्ता स्वास्थ्यमा खेलबाड गर्दै फिदिमका व्यापारी

पाँचथर–असोज ९ । पाँचथर सदरमुकाम फिदिमका अधिकांस पसलमा म्याद गुजे्रका सामान बेच्ने गरेको पाइएको छ ।

phidim-akhadyaस्थानीय प्रशासनले गरेको बजार अनुगमनका क्रममा सदरमुकामका अधिकांश पसलमा म्याद गुजे्रका खाद्य सामाग्री भेटिएका हुन् । अनुगमन टोलीले म्याद नाघेका खाद्य सामाग्री बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति र उपभोक्ताहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरी सञ्चालन गरिएका तथा अधिकांसमा म्याद नाघेका सामग्री राखिएको पाइएको छ ।

यस्तै, इजाजत नलिइ किराना पसलहरुले मदिरा र सुर्तीजन्य वस्तु विक्री गर्ने गरेको पाइएको सहायक प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले बताउनुभएको छ ।

Published On:  909पटक हेरिएको

तपाईको प्रतिक्रिया