सुपथ मुल्य पसलमा सर्वसाधारणलाई थोरै राहत

काठमाडौं–असोज ९ । ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले गत असोज १ गतेदखि सञ्चालन गरेको सुपथ पसलबाट सर्वसाधारणले थोरै भएपनि राहत पाएका छन् ।  सरकारले  साल्ट ट्रेडिङ, नेशलन ट्रेडिङ, खाद्य सस्थान र दुग्ध विकास संस्थानसंग समन्वय गरेर गत असोज १ गतेखेखि काठमार्डौका बिभिन्न एघार ठाउँ लगायथत देशभर सुपथ मुल्य पसल सञ्चालन गरिरहेको छ ।

असोज एक गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने सुपथ मुल्य पसलमा सर्वसाधारणलाई खाद्यान्नमा प्रति केजी २ देखि १० रुपैंयासम्म छुट दिएको विक्रेताको भनाइ छ । सुपथ मुल्य पसलमार्फत थोरै भएपनि राहत मिलेको सर्वसाधारणको भनाइ छ । सुपथ मुल्य पसलमा चामsupathल, चिनी, नुन, तेल, दाल गेडागुडी फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री साथै इलेक्ट्रेनिक सामाग्रीहरू समेत राखिएका छन् ।

सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले बजारमा प्रति प्याकेट  बीस रुपैयाँ तिर्नुपर्ने नुन १६ रुपैयाँमा उपलब्ध गराएको छ भने खाध्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो दश रुपैयासम्म छुट दिएको छ । सुपथ मुल्य पसलमा ७८ प्रकारका खाद्य वस्तुमा छुटको व्यबस्था गरिएको छ । यस्ता पसल उपत्यकाभित्र बौद्ध, बुढानिलकण्ठ, रामशाहपथ, नयाँबानेश्वर, टेकु, कालिमाटी, नख्खु, जडिबुटी, सूर्यविनायक, बल्खु र सतुंगलमा खोलिएको छ ।

तपाईको प्रतिक्रिया