माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको आकार घट्ने

काठमाडौं–असोज ९ । माओवादी केन्द्रले पार्टीको महाधिवेशन आयोजक समितिको आकार घटाउने भएको छ । करिब २ हजार ५ सय सदस्यीय समितिलाई व्यवस्थापन गर्न कठिन भएपछि माओवादी केन्द्रले समितिका सदस्यको संख्या कटौती गर्ने भएको हो ।

maobadi kendraमाओवादी केन्द्रको सचिवालयको बैठकले आयोजक समितिको आकार घटाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता पम्फा भुषालले पार्टी एकतापछि सबैलाई समेट्ने प्रयास गर्दा महाधिवेशन आयोजक समितिको संख्या ठूलो भएको भन्दै बैठकमा धारणा राख्ने धेरैजसो सदस्यले समितिलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

Published On:  343पटक हेरिएको

तपाईको प्रतिक्रिया