असोज ८ । पाल्पा जिल्लामा नौवटा स्थानीय तह बनाउन प्राविधिक सहयोग समिति र राजनीतिक दलहरु सहमत भएका छन् । पुन:संरचना आयोगले सिफारिस गरेभन्दा एक संख्या बढाएर प्राविधिक सहयोग समितीले जिल्लामा तिन नगरपालिका र छ गाउँपालिका बनाउने सिफारिस गर्ने भएको छ ।
राजनीतिक दल र समितिबीचको छलफलमा तल्लो तहमा ९ तहको खाकासहित आएका सुझाब समेटेर पुनसंरचना आयोगमा पठाउने सहमति भएको हो ।