संविधान शंसोधनले स्थानीयलाई चुनावलाई प्रभाव पार्छ : नेता सिंह

 असोज–८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधनपछि स्थानीय र प्रादेशिक निर्वाचन हुनसक्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै नेता सिंहले मधेसी मोर्चा र नेकपा एमालेसंग संविधान संशोधनबारे छलफल भइरहेको भन्दै संविधान संसोधprakash-man-sing1नमा छिट्टै सहमति जुट्ने बताउनु भएको हो ।

उहाँले संविधान संशोधनका लागि सबै दलको सहयोग आवाश्यक भएको समेत बताउनुभयो । नेता सिंहले प्रदेश सिमांकनमा विवाद भएकाले यसको समाधानपछि मात्रै निर्वाचन हुन सक्ने भएकाले पहिला यसलाई मिलाउनुपर्ने बताउनुभयो । फरक प्रसंगमा नेता सिंहले काग्रेसको नियम र विधान अनुसार चले पार्टी भित्रको गुटबन्दी अन्त्य हुने र त्यसका लागि शीर्ष नेताहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया