काठमाडौं–असोज ७ । हरेक महिना कानको निशुलक जाँच शिविर सफलतापूर्वक सम्पन्न गर्दै आएको म्याक्स मेडिटेक सिस्टम प्रा.लीले असोज ८ र ९ गते पनि काठमाडौमा नि:शुल्क कान जाँच गर्दै छ । म्याक्स मेडिटेक सिस्टम प्रालीले कानका विरामीलाई सहज सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको हो । यस अघि सञ्चालन भएका शिविरबाट सयौंले लाभ लिएको दाबी कम्पनीको छ ।
कम्पनीले श्रवण यन्त्रको व्यापारसँगै समय–समयमा शिविर मार्फत कानका विरामीलाई स्वास्थ्य सेवा दिदै आएको छ । गत जेठबाट म्याक्सले डेनमार्कमा निर्मित उच्चतम प्रविधिको श्रवण यन्त्र (हेयरिङ्ग एड) नेपालमै पहिलो पटक सेवा केन्द्र सहित बिक्रिवितरण सुरु गरेको थियो । यो यन्त्र नेपालमा रहेका श्रवण क्षमताका रोगीलाई लक्षित गर्दै वाइडयाक्स नेपालको सहकार्यमा म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडले ल्याएको हो ।
कम्पनीले आफ्नो श्रवण यन्त्र अन्य यन्त्रको तुलनामा आधुनिक र प्राकृतिक रहेको दाबी गरेको छ । कान नसुन्ने बिरामीका लागि सेवा सहितको व्यापारा थालेको दाबी गर्ने कम्पनीले पहिलो पटक गत जेठ १५ र १६ गते सिनामंगल एयरपोर्ट गेट अगाडी रहेको आफ्नै भवन म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडमा पहिलो पटक नि:शुल्क कान जाँच शिविर सञ्चालन गरेको थियो ।
त्यसपछि पनि कम्पनीले हरेक महिना निशुल्क शिविर सञ्चालन गर्दै आएको छ । अहिले जन्मजात, दुर्घटना र ध्वनी प्रदूषणका कारण विश्वभर श्रवण समस्याका बिरामीको संख्या बढ्न थालेको छ । नेपालमा मात्रै १२ देखी १५ प्रतिशत कान नसुन्ने समस्याका बिरामी रहेको बताइन्छ । एसियामा समेत १२ प्रतिशतमा यो समस्या देखिएकोमा सबैभन्दा बढी अमेरिकामा २५ प्रतिशत व्यक्तिमा कान नसुन्ने समस्या देखिएको छ ।
कम्पनीका अनुसार यो यन्त्र लगाउने कानका बिरामीले प्राकृतिक जस्तै आवज सुन्न र काम गर्न सक्नेछन, झट्ट हेदा कानमा राखेको यन्त्र नदेखिने भएकाले अन्यको तुलनामा अझ उपयोगी हुने दाबी म्याक्स मेडिटेक सिस्टम प्राइभेट लिमिटेडको छ । व्यक्तिको सुन्ने क्षमताको प्रतिशतका आधारमा आवश्यकता अनुसार श्रवण यन्त्र यस क्षेत्रका विज्ञले जडान गर्ने गर्दछन् । एक पटक राखेपछि यो उपकरण ७ देखी १० बर्षसम्म काम गर्ने कम्पनीको दाबी छ ।