ट्याक्सीको ठगी अझै रोकिएन

काठमाडौं–असोज ७ । सर्वसाधारणबाट ठगिएको गुनासो बढेपछि पछिल्लो समय ट्राफिक प्रहरीले हरेक दिन ट्याक्सीमा अनुगमन बढाएको छ । प्रहरीको अनुगमन चलिरहंदा समेत ट्याक्सी चालकबाट यात्रु ठगिने क्रम घट्न सकेको छैन    ।

विहीबार नेपाल परिक्रमाको टोली प्रहरीकै अनुगमन टोलीसँग समाचार संकलनका लागि जादा एक मिटर ट्याक्सी  चालक थापाथली यात्रुलाई लिएर थापाथली आउन मानेन् । उनीले आफू थापाथाली नजाने भन्दै अर्को ट्याक्सीमा जान भन्दै यात्रुलाई फर्काय । थापाथलीमा सम्म जानका लागि आग्रह गर्ने ति व्यक्ति अरू कोही नभएर ट्राफिक प्रहरी महाशाखाबाटै सिभिल पोसाकमा खटिएका प्रहरी थिए । यो त एक प्रतिनिधि घटना मात्र हो ।taxi-660x330

प्रहरीले अहिले नियम उलल्घङन गरेर सर्वसाधारण ठग्नै ट्याक्सीहरूलाई दिनहुँ कारवाही गरिरहेको छ । तर यति हुँदा हुँदै पनि ट्याक्सी चालकले सर्वसाधारणलाई ठग्ने प्रवृत्ति भने रोकिएकको छैन । प्रहरीले गत बैशाख गतेदेखि ट्याक्सीमा अनुगमन गरिरहेको र भदौ ७ गतेदेखि भने कडाइका साथ अनुगमन गरिरहेको महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले बताउनुभयो ।

आउँदै गरेका ठूला पर्वलाई समेत मध्यनजर गर्दै सर्वसाधारणलाई ट्याक्सीबाट ठगिन नदिन थालेको अभियान प्रभावकारी बनेको प्रहरीको दाबि छ । प्रहरीले गत बैशाखदेखि हालसम्मको अवधिमा नियम उलल्घङन गरेको वहानामा तीन हजार टक्यासीलाई कारवाही गरेको जानकारी दिएको छ । ट्याक्सी व्यवासायी र ट्याक्सी मजदूरले भने ट्राफिकले अनेक बहना बनाएर आफूहरूलाई दुख दिएको आरोप लगाउन पछि परेका छैनन् ।

ट्राफिक प्रहरीका अनुसार ट्ुयाक्सी चालकले अनिवार्य रूपमा मिटरमा चल्नुपर्ने भएपनि सबै ट्याक्सी चालकले त्यसको कार्यान्वयन नगरी यात्रुबाट बढि पैसा असुल्ने, ट्याक्सीको मिटर गडबड गर्ने, मिटरमा जान नमान्ने जस्ता गल्तीहरू बढि देखिएका छन् ।

Published On:  574पटक हेरिएको

तपाईको प्रतिक्रिया