क्रसर व्यवासायी आन्दोलनमा

काठमाडौं–असोज ७ । प्रशासनलाई चुनौति दिंदै पृथ्वीराजमार्गमा क्रसर र ट्रिफर व्यवसायीले धादिङमा प्रदर्शन गरेका छन् । क्रसर सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको भन्दै व्यवसायीहरुले ट्रिफर, लोडर, डोजर र ट्रयाक्टर लगायतका सवारी साधनहरु पृथ्वीराजमार्गमा तेस्र्याएर प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।

उनिहरुले आफ्ना मागप्रति बेवास्था गरे राजमार्ग ठप्प बनाउने चेतावनी समेत दिएका छन् । क्रसर उद्योगीहरुले सय भन्दा बढी टिपर, ट्रक, डोजर र लोडरहरु राजमार्गमा राखी अवरोध गरेपछि पृथ्वीराजमार्गमा आज एकतर्फी मात्रै यातायात सञ्चालन भएको छ ।

Published On:  406पटक हेरिएको

तपाईको प्रतिक्रिया