काठमाडौं उपत्यकामा सार्वजनिक सौचालयको अभाव

useless-toiletकाठमाडौं–असोज ६ । झण्डै चालिस लाख जनसंख्या रहेको काठमाडौं महानगरपालीकामा तपाईलाई कुनै कामविशेषले बाहिर गएका बेला शौच लाग्यो भने शौचालय छैन । काठमाण्डौ महानगरपालिका अनुसार उपत्यकामा जम्मा १६ स्थानमा सार्वजनिक शौचालय छ ।
जुन जनसंङख्याको अनुपातमा एकदमै न्युन हो । महानगरमा सम्पूर्ण व्यवस्थापन गर्ने निकाय महानगरपालिकाले जग्गा अभावले सार्वजनिक शौचालय थप्न नसकेको जनाएको छ ।

महानगरपालीकाका अनुसार कोटेश्वर, रत्नपार्क , कलङकी, नयां बसपार्क लगायतका यात्रु वा जनसंख्याका चाप बढी हुने स्थानमा सार्वजनिक शौचालय खुलेका छन । ती शौचालय प्रयोग गर्नेले न्युनतम २ देखि अधिकतम १० रुपैयांसम्म तिर्नुपर्छ । तर शौचालय प्रयोगकर्ताबाट शुल्क उठाउन बसेकाहरुले भने दश रुपैयाँ सम्म उठाउने गरेका छन । प्रयोगकर्ताको भीड लाग्ने र न्युन संख्यामा रहेपनि सार्वजनिक शौचालय प्रयोगकर्ता बढी शुल्क तिर्न बाध्य छन ।

  तर शौचालय प्रयोग गर्न नै नपाउने र भएका  शौचालय पनि फोहोर हुंदा र पानीको व्यबस्था नहुने गरेकावे गुनासो प्रयोगकर्ताको छ  ।  काठमाण्डौमा कुनै कामविशेषले आएका वा कुनै बारम्बार शौचमा गइरहनुपर्नेलाई सार्वजनिक शौचालय ठाउँ–ठाउँमा आवश्यक छ ।

तपाईको प्रतिक्रिया