हटौंडामा घुस लिने २ जना पक्राउ

असोज ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारीलाई हेटौंडाबाट पक्राउ गरेको छ । अख्तियारको टोलीले विद्युत प्राधिकरण हेटौंडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाईलाई पक्राउ गरेको हो ।

चौलागाई प्राधिकरणको इलेक्ट्रिसियन पदबाट ६ महिना अघि अवकास प्राप्त कर्मचारी हुन् । उनीहरु दुबैलाई प्राधिकरणको कम्पाउण्ड बाहिर पक्राउ गरेको अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता नरेन्द्र भट्टराईले बताउनुभयो । कपास बनाउने उद्योगमा मिटर जडानका लागि सुवास दाहाल र राजु दुलालसँग ३२ हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया