सिण्डिकेटको माग गर्दै बर्दियामा यातायात बन्द

काठमाडौं–असोज ५ । सिण्डिकेट लाद्न पाउनुपर्ने माग गर्दै बर्दियास्थित कृष्णसार यातायात व्यवसायी संघआवद्ध व्यवसायीले आज जिल्लामा यातायात बन्द गरेका छन् । व्यवसायीहरुले यातायात बन्द गरेपछि सर्वसाधारण मारमा परेका छन् ।

भेरि यातायात प्रालिका नाममा सार्वजनिक यातायातका साधन चल्न थालेपछि कृष्णसार यातायातसंग आवद्ध सवै यातायातका साधन बन्द गर्नुपरेको बर्दिया कृष्णसार बस व्यवसायी समितीका अध्यक्ष शम्भु प्रसाद रिजालले वताएका छन् । बर्दियाबाट लामो तथा छोटो दुरीमा चल्ने १ सय भन्दा बढि बस नचल्दा समस्या भएको सर्वसाधारणले जनाएका छन् ।

तपाईको प्रतिक्रिया