प्रधानमन्त्रीको भ्रमणप्रति एमाले असन्तुष्ट

काठमाडौं–असोज । नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणमा संविधान संशोधनको विषय समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टी कार्यालय धुम्बराहीमा मङ्गलबार बसेको स्थायी कमिटिको बैठकले नेपालको आन्तरीक मामिला दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तब्यमा पर्नु आपत्तिजनक भएको निश्कर्ष निकालेको हो ।

नेपालको छुट्टै परराष्ट्र नीति रहेको अवस्थामा संयुक्त धारणा बनाएर अघि बढ्ने सहमति पनि नेपालको हित बिपरित भएको एमालेले बताएको हो । एमालेले भारतीय सहयोगमा नेपालमा सञ्चालीत परियोजनाको नेपाल सरकार र भारतीय राजदूतावासको कर्मचारीले संयुक्त रुपमा अनुगमन गर्ने भनि भएको सहमति पनि मुलुकको सार्वभौमसत्ता विपरित भएको दाबी एमालेले गरेको छ ।

बैठकले बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको छ । केन्द्रीय समिति बैठकका लागि एमालेले समसामयिक राजनीतिक अवस्था, संविधान संशोधन, भावि चुनाव र नेताहरुको जिम्मेवारीको विषय एजेण्डा तय गरेको छ ।

तपाईको प्रतिक्रिया