स्थानीय निकायको चुनाव रोकिन्न : मन्त्री पाण्डे

काठमाडौं–भदौ ३ । संघीय मामिला तथा स्थानिय विकास मन्त्री ले कुनैपनि हालतमा स्थानीय तहको निर्वाचन कसैले रोकेर नरोकिने दाबि गर्नुभएको छ । भक्तपुरमा आज भएको कार्यक्रममा मन्त्री पाण्डेले आयोगको गति र सबै प्रमुख राजनीतिक दलहरु प्रतिबद्ध रहेकाले स्थानीय तहको चुनाव नरोकिने बताउनुभएको हो ।hitaraj-pande-uttam

उहाँले तोकिएको समयमा स्थानीय तहका साथै अन्य निर्वाचन नभए संबैधानिक संकट निम्तिने बताउनुभयो । मन्त्री पाण्डेले संबिधान जारी भएको एक बर्षमा धेरै सफलता हांसिल भईसकेको र कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमती र जानकारी बृद्धि गर्दै सफल कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया