विषेश समारोह सहित संविधान दिवस मनाइयो

काठमाडौं–असोज ३ । संविधान जारी भएको १ बर्ष पुगेको सन्र्दभमा आज सरकारले विषेश कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । काठमाडौंको टुँडिखेलमा एक विषेश सामारोह गरी सरकारले संविधान दिवस मनाएको हो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उपस्थिती थिsambidhan-diwas-01यो । कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । पहिलो संविधान दिवसका अवसरमा विभिन्न समुदायको प्रतिनिधित्व भएका साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयनका लागि आगामी ०७४ माघ ८ गते भित्रै तीनवटै निकायको चुनाव गर्नुपर्ने भएको भन्दै सबै दल मिलेर चुनावी वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले संविधानको सर्वस्विकार्यताका लागि संविधान शंसोधनको तयारी सरकारले गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया