साउदीको आतंककारी हमलामा दुई सुरक्षकर्मीको मृत्यु

एजेन्सी–असोज । साउदी अरबमा भएको एक आतंककारी हमलामा परि दुई सुरक्षाकर्मीको ज्यान गएको छ ।

फाईल
फाईल

स्थानीय प्रहरीले यो हमलालाई चरमपन्थी हमला भनेको छ । अरबस्थित गृह मन्त्रालयका अनुसार रातको समयमा दम्माम शहरमा कारमा गस्ती गरिरहेको प्रहरीमाथि गोलाबारी भएको थियो । घटनामा घाइते भएकाहरु मध्ये अस्पताल लगिएका मध्ये दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

दम्माम साउदी अरबको शिया बाहुल्य क्षेत्र हो । सुन्नी समूदायको बाहुल्यता रहेको साउदी अरबमा शिया बाहुल्य क्षेत्रमा भएको प्रहरीमाथिको यो आक्रमण नै पहिलो हो ।

Published On:  540पटक हेरिएको

तपाईको प्रतिक्रिया