काठमाडौं–असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका धेरै सदस्य तथा नेताहरु गैरकम्युनिष्ट भएको बताउनुभएको छ । पार्टीको केन्द्रीय स्कुल विभागले शनिबार ललितपुरमा गरेको कार्यक्रमा एमाले अध्यक्ष ओलीले एमालेका धेरै सदस्य तथा नेताहरुलाई कम्युनिष्ट भन्न नमिल्ने बताउनुभयो ।
उहाँले म जुन कम्युनिष्ट पार्टीको अध्यक्ष छु त्यो पार्टीका अधिकांश सदस्य र नेता कम्युनिष्ट होइनन् भन्नुभयो । उहाँले आफूले भनेका कुरालाई गोप्य र अफ द रेकर्डका रुपमा लिन कार्यकर्ताहरुसाग आग्रह गर्नुभयो । एमाले अध्यक्ष ओलीले एमालेका अधिकांश नेताहरुमा कम्युनिष्टको आचरण र विचार नै नरहेको बताउनुभयो ।