सुपथ मुल्य पसल सञ्चालनमा

काठमाडौं–असोज २ । सरकारले शनिबारदेखि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । महान चाड दशै , तिहार र छठलाई लक्षित गर्दै सरकारले सुपथ मुल्यका पसल सञ्चालनमा ल्याएको हो । सरकारले  साल्ट ट्रेडिङ, नेशलन ट्रेडिङ , खाद्य सस्थान र दुग्ध विकास संस्थान संग समन्वय गरेर काठमार्डौका बिभिन्न एघार ठाउँमा सुपथ मुल्य पसल सञ्चालन गरेको छ । असोज एक गते देखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने सुपथ मुल्य पसलमा हरेकमा २ देखि १० रुपैंयासम्म छुट पाइनेछ । ‘२०७३ सालको गर्व , मुल्यवृद्धि रहित चाडपर्व’ भन्ने नारा सहित सुरुवात भएको सुपथ मुल्य पसलको शनिबार आपूर्ति मन्त्री दिपक बोहोराले उद्घाटन गर्नुभयो । मन्त्री बोहोराले कालोबजारी गर्नेहरुलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।

सुपथ मुल्यका पसलमा चामल,चिनी,नुन,तेल,दाल गेडागुडी लगायतका दैनिक उपभोग्य सामाग्री राखिएका छन् । साल्ट ट्रेडिङले बजारमा बिस रुपैयाँ तिर्नुपर्ने नुन १६ रुपैयाँमा उपलब्ध गराएको छ । यस्तै खाध्य सस्थानले चामल र गेडागुडीमा प्रतिकिलो दश रुपैया छुट दिएको छ । सुपथ मुल्यका पसलमा ७८ प्रकारका खाद्य वस्तुमा छुटको व्यबस्था गरिएको छ । सुपथ मुल्य पसल उपत्यका भित्र बौद्ध, बुढानिलकण्ठ, रामशाहपथ, नयाँबानेश्वर, टेकु, कालिमाटी, नख्खु, जडिबुटी, सूर्यविनायक, बल्खु र सतुंगलमा सञ्चालन गरिएको छ । उपत्यका बाहिर पनी साल्ट ट्रेडिङका क्षेत्रीय कार्यालय तथा डिपो रहेका २२ जिल्लामा खोलिएको छ ।

तपाईको प्रतिक्रिया