पराजतिलाई पनि साथमा लिएर अघि बढ्न देउवाको आग्रह

काठमाडौं– असोज २ । कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको नवनिर्वाचित नेतृत्वलाई पराजित पक्षलाई पनि साथमा लिएर अघि बढ्न सुझाव दिनुभएको छ । शनिबार महिला संघको अधिवेशनबाट निर्वाचित भएको नेतृत्वलाई बुढानिलकण्ठमै बोलाएर बधाई दिदै सभापति देउवाले प्रजातन्त्रमा जीत हार स्वभाविकै भएको भन्दै मिलाएर लैजान सुझाव दिनुभएको हो ।

Sher Bahadur Deuba
Sher Bahadur Deuba

उहाँले निर्वाचित नेतृत्वलाई पार्टीले सहयोग गर्ने भन्दै सबैलाई मिलाएर लैजान आग्रह गर्नुभएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उमा रेग्मीले पार्टीका र राज्यका सबै संरचनामा महिलाहरुको ३३ प्रतिशत प्रतिनिधत्व गराउनका लागि पहल गर्ने बताउनुभयो । शुक्रबार सम्पन्न महिला संघको मतदानमा अध्यक्षकी उम्मेदवार रेग्मीले ९ सय ९८ मत पाउनु भएको थियो भने उहाँकी निकटतम् प्रतिद्वन्दी मीना पाण्डेले ७ सय ९७ मत ल्याउनु भएको थियो ।

Published On:  384पटक हेरिएको

तपाईको प्रतिक्रिया