निर्वाचन प्रणाली ठीक छैन : माधव नेपाल

madavकाठमाडौं–असोज २ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसक्ने भन्दै मिलेसम्म यस्तो व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनु भएको छ ।

मधेशी पत्रकार संघ र मिडिया फर बोर्डर हार्मोनीले शनिबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता नेपालले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थाले प्रतिनिधिसभामा कुनै दलको पनि वहुमत नआउने बरु दुई तीन सीटे पार्टीको प्रतिनिधित्व भइरहने दाबी गर्नुभयो ।

संसद्मा दुई तीन सीटे पार्टीको अस्तित्व कायम रहेसम्म राजनीतिक स्थिरता कायम हुन नसक्ने उहांको धारणा छ । उहााले संविधानमा गरिएको निर्वाचन प्रणालीको व्यवस्थाले प्रधानमन्त्रीले दुई तीन सीटे पार्टीसाग सम्झौता गर्नुपर्ने अवस्था  उत्पन्न हुने र त्यस्तो अवस्थामा मुलुकको समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया