हतियार सहित नेपाल आएका भारतीय प्रहरीलाई स्थानीय नियन्त्रणमा लिए

असोज १ । हतियार सहित नेपाल प्रवेश गरेका तीन जना भारतीय प्रहरी र एक युवकलाई कञ्चनपुरका स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । शुक्रबार चोरीको मोटरसाइकल नेपाल ल्याएको भन्दै हतियारसहित नेपाल पसेका भारतको कम्पोजनगर चौकीका सइ सुवासचन्द्र, प्रदीप कुमार, अर्जुन सिंह र भारतीय नागरिक श्रवण कुमारलाई स्थानीय बासिन्दाले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् । kanchanpur

पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । उनीहरुलाई हतियारसहित नेपालमा प्रवेश गरेकाले बेलौरी नगरपालिका २ भुडाबाट स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया