असोज १ । तनहुँ जिल्लालाई बालश्रम मुक्त बनाउने अभियान सुरु भएको छ । अभियान अन्तरगत आँबुखैरेनी नगरपालिकामा गरिएको अनुगमनका क्रममा २१ जना बाल मज्दुरहरुको उद्धार गरिएको छ । होटल, पसल तथा घरेलु काममा प्रयोग गरिएका बालबालिकाहरुलाई महिला तथा बालबालिका कार्यालय तनहुँको सक्रियतामा उद्धार गरिएको हो ।
उद्धार गरिएका २१ जना बालमजदुर मध्ये हालसम्म ३ जना बालबालिका अभिभावकको जिम्मा लगाइएको र ८ जनालाई अल्पकालिन महिला सेवा केन्द्र दमौलीमा राखिएको छ ।