सप्तरी–असोज १ । स्थानीय प्रशासनले सप्तरीमा बजार अनुगमन तीव्र बनाएको छ । जिल्लामा ६ दिनयता जारी अनुगमनका क्रममा लाखौं मुल्य बराबरका सामग्री जफत गरिएको अनुगमन समितिले जनाएको छ । अनुगमन टोलीले सप्तरीका प्रमुख बजारका अधिकांश फेन्सी, फलफुल, मिठाई, कस्मेटिक, सुनचाँदी, किराना, होटल र धार्मिक सामाग्री पसलका साथै फुटपाथदेखि सुपर स्टोरसम्ममा अनुमन गरेको हो ।
त्यसक्रममा म्याद गुज्रिएका अखाद्य र सडेगलेका वस्तुका साथै भन्सार छली ल्याएका नक्कली ब्राण्डका वस्तुहरु विक्री गरेको भेटिएको थियो ।