सम्पदा पुननिर्माणको काम कछुवा गतिमा

Punanirmanbasantapur-durbar-square-2काठमाडौं–असोज १ । नेपालको पहिचानसँग जोडिएका ऐतिहासिक तथा पुरातात्वीक सम्पदाहरु पुनर्निर्माणको काम सुस्त भएको छ । ५ वर्षभित्रमा मुलुकका सवै सम्पदाहरु  पुननिर्माण गरिसक्ने बताएको सरकारले काममा ढिलाइ गर्दा अपेक्षा अनुरुप काम सम्पन्न गर्नेमा आशंका बढेको बसन्तपु क्षेत्रका स्थानीय समाजसेवी गणपति लाल श्रेष्ठले बताउनुभयो । सम्पदा पुनर्निमाणको जिम्मेवारी लिएको पुरातत्व विभागले भने अर्थमन्त्रालयबाट समयमै बजेट विनियोजन नहुँदा पुननिर्माणमा ढिलाई भएको जनाएको छ ।

विभागका अनुसार र  राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्वीकृति दिन समय लगाउदा पनि कामले तीव्रता नपाएको हो । विभागले प्राधिकरणलाई पेस गरेका १४५ सम्पदा पुननिर्माण कार्य योजना अझै स्वीकृत हुने प्रक्रियामा रहेका छन्् ।

यसअघि विभागले उपत्यका भित्र र बाहिरका ४८ सम्पदा पुननिर्माणको लागि  टेन्डर प्रक्रिया अगाडी बढाइएको थियो । ती मध्ये अहिलेसम्म  ३६ वटा सम्पदा मात्र पुननिर्माणको लागि ठेक्कामा गएका छन् । त्यसमध्ये १८ वटा सम्पदाको मात्र पुननिर्माणको काम थालिएको छ । भक्तपुरको चाँगुनारायण क्षेत्रको तिलेश्वर महादेव, पुजारी मठको  पुननिर्माण भैरहेको छ ।

त्यस्तै पाटनको योगनरेन्द्र मल्लको शालिक काठमाडौंको हनुमान ढोकास्थित आगमघरको पुननिर्माण भैरहेको छ । काष्ठमण्डप पुननिर्माणमा भने कंक्रिट राख्ने वा काठबाट बनाउने भन्ने विषयमा विबाद भएपछि पुननिर्माण रोकिएको छ । पुरातत्व बिभागले दिएको जानकारी अनुसार नेपालभरका सातसय ५० सम्पदामध्ये एकसय ३३ वटा सम्पदा पुर्ण क्षती र ६ सय १७ वटा आशिक भएका छन् ।

तपाईको प्रतिक्रिया