मुलुकको अर्थतन्त्र नेपालीको हातमा छैन : अर्थमन्त्री महरा

काठमाडौं–असोज १ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको अर्थतन्त्र नेपालीको हात बाहिर रहेको बताउनुभएको छ । अर्थमन्त्री महराले शुक्रबार काठमाडौमा आर्थिक पत्रकार समाजको १७ औं वार्षिक साधारणसभा उद्घाटनका क्रममा अर्थ मन्त्रालय सम्हालेको डेढ महिनाको आफ्नो अनुभवले मुलुकको अर्थतन्त्र नेपालीको हातमा नरहेको देखाएको बताउनुभयो । उहाँले अर्थतन्त्र नेपालीको हातमा ल्याउनका लागि धेरै कोशिस गर्नुपर्ने बताउनुभयो । Krishna_Bdr_Mahara

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले आर्थिक पत्रकारहरुमाथि माफियाको एजेण्टको रुपमा काम गरेको आरोप लगाउनुभयो । उहाँले  दैनिक अखबारहरुमा छापिने कतिपय आर्थिक समाचार पढ्दा लाज नै लाग्ने भन्दै समाचार लेखेर पैशा झार्ने कल्पना नगर्न आर्थिक पत्रकारहरुलाई सचेत समेत गराउनुभयो ।

तपाईको प्रतिक्रिया