संविधानमा सबैका माग पूरा गर्न गार्‍हो छ : देउवा

काठमाडौं–असोज १ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानमा सबैले भने जसरी माग पूरा गर्न नसकिने बताउनुभएको छ । काठमाडौमा शुक्रबार भएको एक कार्यक्रममा सभापति देउवाले सबैले भने जस्तै गरि माग पूरा गर्न नसकिने भन्दै मधेशी मोर्चालाई लचिलो भएर प्रस्तुत हुन आग्रह गर्नुभएको हो ।

देउवाले असन्तुष्टका माग पूरा गर्ने सवालमा सत्ता साझेदार दलहरू गम्भीर रहेको पनि बताउनुभयो ।सभापति देउवाले अब सबै दलहरू संविधान कार्यान्वयनका दिशामा सकरात्मक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

Ser-Bahadur-Deuba-400x255कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको १६ महिना भित्र संविधान कार्यान्वयन गर्नु प्रमुख दलहरूको चूनौतीको विषय भएपनि असम्भव नभएको बताउनुभयो । सचिव ज्ञवालीले अनावश्यक रुपमा संविधान शंसोधनको माग गर्नु उपयुक्त नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया