नेपाल–भारतवीच तीन बुदेँ सम्झौता

काठमाडौं–असोज १ । नेपाल र भारतवीच तीन बुदेँ सम्झौता भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार तीन सम्झौता  भएको हो । हैदरावाद हाउसमा भएको दुवै देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा सम्झौता भएको हो । पहिलो सम्झौतामा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सल्ट्यान्सी सर्भिस सम्बन्धि रहेको छ ।

त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतnepal-varatपूर्ण ऋण दिनेबारे दोस्रो सम्झौता छ भने, तेस्रोमा दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७ सय ५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।

तपाईको प्रतिक्रिया