पाल्पामा बाख्रा पालनबाट मनग्य आम्दानी

पाल्पा–भदौ ३१ । पाल्पामा व्यावासायीक बाख्रा पालन व्यावसायबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन् । फर्म दर्ता गरेर व्यावसायिक पालन गरेपछि सरकारी निकायबाट समेत आवश्यक सहयोग प्राप्त हुन थालेपछि युवाहरु उत्साहित भएका छन् । बाख्रा पालनमा व्यावसायिकता बढेसंगै तिन बर्ष देखि पाल्पा मासुमा आत्मनिर्भर भई बाहिरी जिल्ला निकासी हुने गरेको छ ।

आर्थिक बर्ष २०७२/०७३ मा मासुमा ८ हजार ९ सय ५९ मेट्रिक टन उत्पादन भई २.२७ प्रतिशतले बृद्धि भएको पशु सेवा कार्यालयको तथ्यांक छ । नश्ल सुधार, आहारको व्यवस्थापन, व्यावसायिक फर्म सुदृढिकरण, डेरी, बाख्रा र कुखुरा पकेट क्षेत्रमा व्यावसायीकरणसंगै स्थानीय कुखुरा संरक्षण गरेकाले मासुमा आत्मनिर्भर भएको कार्यालयको भनाई छ । bakhra

बाख्रा पालनका लागि ३६ गाविसमा फार्म दर्ता भएका छन । प्रत्येक फार्ममा ५० देखि ३ सय सम्म बाख्रा पालन गरेको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनु भयो । जिल्लामा ६९ बाख्रा फार्महरु छन् । व्यावसायीक किसानहरुले बार्षिक ३० हजार देखि ५ लाख सम्म आम्दानी गर्न थालेका छन् ।

विदेशबाट फर्किएका युवाहरुले समेत व्यावसायिक बाख्रा पालन गरेर स्थानीयलाई रोजगारी समेत दिएका छन् । स्वदेशमैं मेहेनत गरे राम्रो आम्दानी गर्न सकिने उनीहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया