ग्यास सिण्लिडरका कारण नेपालीका घर घरमा खतरा

काठमाडौं–भदौ ३१ । देशका विभिन्न स्थानमा रहेका खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी सिलिण्डर गुणस्तरहीन रहेको गुणस्तर तथा नापतौल विभागले बताएको छ । गुणस्तर तथा नापतौल विभागले ग्यास उद्योगको निरीक्षण क्रममा करिव ४९ ग्यास कम्पनीहहरुमा गुणस्तरहीन ग्यास सिलिन्डर रहेको बताएको छ ।

विभागका अनुसार नियमन गर्न कानुनी अड्चन रहँदा बजारमा ग्यास व्यवlp_gas_cilinderसायीको मनोमानी बढेको  हो  । २०२६ सालमा मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ । ती मध्ये ५ ग्यास उद्योग बाहेकले गाुणस्तरमा ध्यान नदिएको उपभोक्ताकर्मीको भनाई छ । अहिले सतहमा ६५ हजार ग्यास सिलिण्डर गुणस्तरहिन रहेको तथ्याङ्क बाहिर आए पनि बजारमा रहेको ६१ हजार ग्यास सिलिण्ड् मध्ये १५ लाख थान भन्दा बढी ग्यास सिलिण्डर जोखिमयुक्त रहेको उपभोक्ताबादीहरुको दावी छ । कम गुणस्तरका सिलिन्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको भन्दै उपभोक्ताकर्मीहरुले आपुर्ति मन्त्रालयमा पटक पटक उजुरी गरिसकेका छन् ।

तर नियामक निकायले नदेखेझैं गरिदिादा उपभोक्ता जोखिम मोलेरै ग्यास सिलिण्डर प्रयोग गर्न बाध्य छन् । जसको कारण सिलिण्डर विस्फोट र लिकेज भएर आगोलागि र उपभोक्ताको ज्यानै जाने सम्मका घटना हुने गरेका छन् ।त्यसो त अन्तर्राष्ट्रिय मापदन्द अनुसार कहरी क्षेत्रमा १९ किलो र ४७ किलोको सिलिण्डर प्रयोग गर्नुपर्छ । नेपालमा  ग्यास सिलिण्डर प्रयोग सम्वन्धि नियमन पक्ष नै वलियो नहुादा अन्तराष्ट्रिय मापदन्दबाट बाहिरिएको ग्यास सिलिण्डर व्यवसायीले प्रयोग गर्दै आएका छन् । त्यो पनि २० वर्ष भन्दा बढी पुराना । जसको कारण उपभोक्ता ग्यास सिलिण्डर विस्फोट र आगोलागीमा परि ज्यान गुमाउने जस्ता घटना बढ्दै गएको छ । अव भने यो संवेदनशिलता प्रति नियमनकारी निकायको ध्यान पुग्नुपर्छ ।

Published On:  358पटक हेरिएको

तपाईको प्रतिक्रिया