मेधशी मोर्चालाई सरकारी आश्वासन

काठमाडौं–भदौ ३० । सरकारले आन्दोलनको भावना अनुसार संविधान संसोधन गर्न प्रधानमन्त्रीको भारत भ्रमण सकिएलगत्तै प्रक्रिया सुरु गर्ने भन्दै मधेशी मोर्चालाई आश्वस्त पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार संघीय लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहलले संविधान संसोधनबारे अनौपचारिक छलफल भइरहेको भन्दै प्रक्रिया सुरु गर्ने आश्वसन दिनुभएको हो ।

बैठकपछि उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले मोर्चाका दुईवटा माग पुरा भइसकेको भन्दै संविधान संसोधन बारेको अनौपचारीक छलफल प्रधानमन्त्री भारतबाट फर्किएपछि औपचारिकतामा परिणत हुने बताउनुभयो । बुधबारको सरकार र मोर्चाबीचको वार्तालाई संविधान संसोधनका लागि सरकारले पहल नगरेको भन्दै असन्तुष्टी जनाइरहेका मधेशी मोर्चाका नेताहरुले समेत सकारात्मक भनेका छन् ।

फाइल फोटो
फाइल फोटो

मोर्चाका नेताहरुले आन्दोलनमा भएको दमन छानविन गर्न समिति गठन हुनु, मृतकलाई सहिद घोषणा, घाइतेको उपचार र राहतलाई यो सरकारको सकारात्मक सुरुवात भन्दै प्रधानमन्त्रीको भारत भ्रमणपछि संविधान संसोधन प्रक्रियाले पनि गति लिने विश्वास लिएका छन् ।

सरकार र मोर्चा मात्रैको सहमतिले संविधानको संसोधन र कार्यान्वयनको गाँठो फुकाउन सक्दैन । यसका लागि प्रमुख प्रतिपक्ष दलको समेत सहयोग आवाश्यक पर्छ । यद्यपी पछिल्लो पटक सरकार र मधेशी मोर्चाबीच औपचारिक वार्ता सुरु भएर संवादहिनताको अवस्था तोडिनुलाई भने सकारात्मक सुरुवात मान्नुपर्छ ।

तपाईको प्रतिक्रिया