काठमाडौं–भदौ ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रदेखि स्थानीय तहसम्मका निकायमा महिलाको ४० प्रतिशत सहभागिता गराउन कांग्रेस नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ । बुधबार नेपाल महिला संघको तस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै सभापति देउवाले २००४ साल देखि नै कांग्रेसले महिलालाई राजनीतिक मूलधारमा ल्याउन भूमिका खलेको भन्दै अब पनि महिलाई अगाडि बढाउन विषेश भूमिका खेल्ने बताउनुभएको हो ।
देउवाले दास्रो जनआन्दोलनमा पनि महिला अधिकारका सवालमा धेरै ठूला उपलब्धि भएकोले अब त्यसलाई व्यवहारिक रूपले कार्यान्वयन गर्नुपर्ने बताउनुुभयो । कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडलले महिलाले आफै नेतृत्व लिएर अघि बढ्नुपर्ने बताउनुभयो । पौडेलले संविधान व्यवाहारिक रूपले कार्यान्वयन भएमात्र सबैका हक अधिकार संस्थागत हु्ने बताउनुभयो ।