खाद्यान्नमा हुने मिसावट झ्न बढ्यो

काठमाडौं–भदौ २९ । दशैं नजिकिंदै छ । उपभोक्ताहरु म्याद गुज्रेका र मिसावटयुक्त खाद्य बस्तु उपभोग गर्न बाध्य छन् । ब्यापारीहरु दशैंको मौकामा खाद्य पदार्थमा मिसावट गरेर कमाउने ध्याउन्नमा छन । ब्यापारीहरुको यहि कर्तुतका कारण उपभोक्ताहरु खाद्यान्नसंगै मृत्यु पनि किन्न बाध्य भैरहेका छन ।

खाद्य पदार्थमा लेड क्रोमेट, कपर सल्फेट, आइरन अक्साइड जस्ता अखाद्य रसायनहरु मिसाउने गरेको पाइएको छ । मिसावटको खेलमा व्यवसायीहरुको लोक्कल ट्याक्टिस पनि त्यत्तिकै बढ्दो छ । चामलमा कनिका र दलहनमा उस्तै रङ लगाइएका मसिना ढुङ्गा मिसाउन व्यवसायीहरु खप्पिस छन् । खाद्य ऐनले कुनै पनि खाद्यपदार्थमा अखाद्य रंगको प्रयोगलाई बन्देज गरेको छ । तर,  ब्यवहारमा ठ्याक्कै उल्टो छ । अखाद्य रंगको प्रयोग हुने क्रम रोकिएको छैन ।

anugamanदाल, चामल, मसलाको धुलो, बेसार, घिउ, खुर्सानीको धुलो, तेल जस्ता सामग्रीमा व्यापक रुपमा मिसावट हुँदै आईरहेको छ । उपभोक्ताहरु मिासावटका कारण ढिलो चाँडो नजिकिने मृत्यु पर्खन बाध्य छन । समय समयमा हुने बजार अनुगमनको काम प्रभावकारी हुन सकेका छैनन् । सामान्य चेकजाँच र निर्देशन दिएका भरमा बजार अनुगमनको काम गरिएको डंका पिटिन्छ । कमाउ धन्दामा लागेका व्यवसायीहरुले सजाँय भन्दा पनि उन्मुक्ति पाईरहेका छन ।  उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्ने क्रम निरन्तर जारी छ ।

तपाईको प्रतिक्रिया