भदौ–सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोतोलन खेलको प्रतिस्पर्धा सप्तरीमा हुने भएपछि तयारी तीव्र बनाइएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन सप्तरीमा हुने भएसंगै यहाँका खेलाडीहरु कडा प्रशिक्षणमा जुटेका छन् । गृह जिल्लामै राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेपछि खेलाडी, प्रशिक्षक र स्थानीय खेलप्रेमी पनि निकै उत्साहित बनेका छन् । जिल्लामै राष्ट्रिय स्तरको प्रतिस्पर्धा हुने भएपछि खेलाडीहरुमा उत्साह जागेको हो ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने अवसर पाउँदा संस्कृति र सभ्यताले जिल्लालाई चिनाउने गरि प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्नका लागि सप्तरीबासी लागि परेका छन् ।