काश्मिरमा २ को मृत्यु

भदौ–भारत प्रशासित काश्मिरमा भड्किएको हिंसामा परी २ जनाको ज्यान गएको छ । मुसलमान समुदायको बाहुल्य रहेकोkashmir_protest_ap5 त्यस क्षेत्रमा इद मनाउने क्रममा हिंसा भड्किएपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । हिंसामा ६० भन्दा बढी घाइते भएका छन । श्रीनगरस्थित राष्ट्रसंघको कार्यालयमा जुलुस लिएर जान लागेका पृथकतादवादीमाथि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

झडपका क्रममा दर्जनौं अश्रुग्यांस र पानीका फोहोरा प्रहार गरिएको थियो । सुरक्षाकर्मीले सडक तथा विभिन्न सार्वजनिक स्थानमा आवागमनमा रोक लगाएको छ । मोबाइल  र इन्टरनेट प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

Published On:  495पटक हेरिएको

तपाईको प्रतिक्रिया