पाँचथरमा दुई विद्यार्थी बेपत्ता

भदौ–२९ पाँचथर सदरमुकाम फिदिमस्थित मेची बोर्डिङ स्कुलको छात्रबासबाट दुईजना विद्यार्थी चार दिनदेखि देखि बेपत्ता भएका छन् । कक्षा नौ र ६ मा अध्ययनरत विद्यार्थी पृथ्वी राई र वसन्त राई छात्रावासबाट बेपत्ता भएका हुन ।

विद्यालयको छात्रबासमा बसेका उनीहरु भदौ २५ गते राती छात्रवासबाटै हराएको विद्यालयले जनाएको छ । भदौ २४ गते मोवाइल चोरीको अभियोगमा प्रहरीले उनिहरुसंग सोधपुछ गरेको थियो । यता, अभिभावकले भने विद्यालयबाटै छोरा हराएपनि विद्यालयले खोजीका लागि तदारुकता नदेखाएको भन्दै खोजी गरिदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया