काठमाडौं–भदौ २९ । स्याङजा प्रहरीले चाडपर्व नजिकिएसँगै शान्ति सुरक्षामा कडाइ गर्न थालेको छ । समाजमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण र सुरक्षा व्यवस्था चुस्त बनाउन स्याङ्जा प्रहरीले लागुऔषध र घरेलु मदिरा ओसार पसार र बिक्रिमा प्रतिवन्ध लगाएको छ । प्रहरीले सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा भेटिएको १ सय २० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको घरेलु मदिरा पत्रकार सम्मेलन गरी नष्ट गरेको हो । यसअघि प्रहरीले अहिलेसम्म स्याङ्जाका विभिन्न क्षेत्रबाट करिव ९ हजार गाँजाको बोट नष्ट गरेको जनाएको छ ।