नेताको अदूरदर्शिताको कारण देश बनेन : कृष्ण सिटौला

काठमाडौं–भदौ २९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राजनीतिक अदूरदर्शिताकै कारण देशको  विकास हुन नसकेको स्वीकार गर्नुभएको छ । काठमाडौंमा आज नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले राजनीतिक नेतृत्वको असक्षमताकै कारण उर्जा र औधोगिकरणको विकाsitaulaस हुन नसकेको बताउनुभयो ।

नेता सिटालौले अबको राजनीतिक नेतृत्व व्यक्तिगत र दलीय स्वार्थबाट टाढा रहेर देश हितका लागि नभएसम्म मुलुकले फड्को मार्न नसक्ने धारणा राख्नुभयो । कार्यक्रममा स्वाथ्यमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले जनताको त्यागबाट हाँसिल उपलब्धि खतरामा पर्न नदिन सबै दल र नेताले जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

Published On:  318पटक हेरिएको

तपाईको प्रतिक्रिया