बैद्य माओवादी अब चुनाव लड्ने

काठमाडौं–भदौ । २९ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अब देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने भएको छ । भदौ २६ र २७ गते काठमाडौंमा विशेष सम्मेलन गरी क्रान्तिकारी माओवादीले सिपी गजुरेलको अध्यक्षतामा मोर्चा गठन गरी चुनावी प्रयोजनका लागि क्रान्तिकारी माओवादी दर्ता नगर्ने निर्णय गरेको हो । मोर्चाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चुनाव हुने अवस्थामा मोर्चाको नाममा चुनाव लड्ने घोषणा गरेको हो । मोर्चाकाbaidya अध्यक्ष गजुरेलले पार्टीको नाममा चुनाव लड्नुको साटो मोर्चाबाट लड्दा बढी उपयुक्त हुने भएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।

मोर्चा गठनसंगै अब गाउं गाउंमा संगठन विस्तार गरि भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने जनाइएको छ । ७१ सदस्यीय मोर्चाको सचिवमा परी थापा हुनुहुन्छ । २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एकता केन्द्रले पनि संयुक्त जनमोर्चाबाट चुनाव लडेको थियो । जतिखेर २ सय ५ निर्वाचन क्षेत्रमध्ये जनमोर्चाले नौ सिटमा विजय प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया