ट्याक्सीमा ठगिदै सर्वसाधारण

काठमाडौं–भदौ २८ । निश्चित समयमा पुग्नुपर्ने हतारो वा गन्तव्य सहज बनाउन हामी ट्याक्सी प्रयोग गछौं । त्यही हतारको फइदा उठाउदै कतिपय ट्याक्सी चालकले मनोमानी रुपमा पैसा असुल्ने गर्छन् । उसो त ट्याक्सी संचालकले सवारी अनुमति लिंदा ट्याक्सी मिटरमा मात्र चलाउने  सरकारी नियमलाई पालना गनपर्ने हुन्छ । तर ब्यावहारमा भने ठ्याक्कै उल्टा छ । यात्रुले मिटरमा जान अनुरोध गर्दा ट्याक्सी चालक जानै मान्दैनन । पछिल्लो समय यातायात ब्यवस्था विभाग र ट्राफिक प्रहरीको संयूक्त अनुगमन र कारवाही प्रकृया समेत तिव्र पारिएको छ  ।

taxi तर पनि ट्याक्सी चालकको ब्यावहारमा भने परिवर्तन आएको देखिदैन । पछिल्लो समय टा्रफिक प्रहरीले ट्याक्सी मिटरमा जान नमाने  ट्याक्सी नम्वर , आफू हिडेको स्थान र जाने ठाउँ ९८५१२९५१०० मा एस।एम।एस गरे कारवाहीको गरिने जनाएको छ । प्रहरीले खटाएको विशेष टोलीले अहिले उपत्यकामा सञ्चालित ३० प्रतिशत भन्दा वढि ट्याक्सी कारवाहिमा परेको ट्राफिक प्रहरीको दावी छ । प्रहरीले ट्याक्सी चालकलाई अनुशासित वनाउन थालेको यस अभियानले चालकको मनोमानी रकम असुल्ने कार्यलाई कमि गराउन सहयोग पुग्नेछ ।

तपाईको प्रतिक्रिया