अब के गर्छन् मधेशी दल ?

काठमाडौं–भदौ २८ । संविधानसभाबाट संविधाान जारी भएको लगभग एक बर्ष पूरा भएको छ । संविधान जारी भएदेखि नै संविधानप्रति असन्तुष्टी जनाउँदै आएका मधेशवादी दलहरू अझै पनि संविधान शंसोधनका लागि दवाब दिईरहेका छन् । लामो समयसम्म चरणबद्ध आन्दोलन गरेका मधेशवादी दलका नेताहरू अहिले पर्ख र हेरको नीतिमा रहेको बताउँछन् । सरकारले अगामी असोज तीन गते देशमा संविधान जारी भएको सन्दर्भमा संविधान दिवस मनाउने तयारी गरिरहेका बेला संविधानमा असन्तुष्टि जनाउंदै आएका मधेशवादी दलहरू भने असोज तीन गतेलाई कालो दिवसका रूपमा मनाउने भएका छन् ।

संविधान जारी भएपछि मधेशमा भएको आन्दोलनCongress-mao-and-Morchaमा तत्कालीन सरकारले गरेको दमन र मधेशका मागलाई दबाउन गरेको कारवाहीको विरोधमा कालो दिवस मनाउन लागिएको मधेशी नेताको भनाइ छ । वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र माओवादी केन्द्रसँग तीन बुदेँ सम्झौता गरेर प्रधानमन्त्री चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएका उनीहरू अहिले सरकार पनि मधेश मागको सम्बोधनमा गम्भीर नभएको आरोप समेत लगाइरहेका छन् ।

सहमतिमा सरकार गठनको एक महिना भित्र माग सम्बोधनका लागि संविधान शंसोधन प्रस्ताव ल्याउनुपर्ने भनिएपनि प्रधानमन्त्रीको भारत भ्रमणपूर्व संविधान शंसोधन प्रस्ताव नआउने पक्का पक्की जस्तै भएको छ । मधेशी दलका नेताहरूले अब दशैंसम्म सरकारको गतिवधि नियाल्ने र पर्ख र हेरको नीतिमा रहने बताएका छन । दशैंपछिसम्म पनि आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी मधेसी दलले दिएका छन् । मधेशी मोर्चा र  शुरूमा संघीय गठन्धन गरी दुई कित्तामा रहेका असन्तुष्ट मधेशीवादी दलहरू अहिले भने एउटैमा खेमामा रहेर साझा एजेण्डामा अघि बढिरहेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया