बाहिर हल्ला भएजस्तो सहमति हुन्न : परराष्ट्र मन्त्री

काठमाडौं–भदौ २७ । परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बाहिर चर्चामा आएजस्तो संविधान शंसोधनका विषयमा छलफल नहुने बताउनुभएको छ । मन्त्री महतले आइतबार भएकाने एक कार्यक्रममा नेपालमा चर्चा गरिएजस्तो संविधान संशोधनका विषयमा छलफल नहुने प्रष्ट पार्नुभयो ।

prakash-sharan-mahat प्रधानमन्त्रीको भारत भ्रमणको तयारीस्वरुप आइतबार नयाा दिल्ली जाने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसाग कुरा गर्दै मन्त्री महतले संविधान कार्यान्वयन र संशोधन आन्तरिक मामिला भएकोले सरकारले बाह्य पक्षसाग परामर्श नगर्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका बेला पञ्चेश्वर परियोजना कार्यान्वयन, विद्युत ब्यापार सम्झौता, हुलाकी राजमार्ग लगायतका विषयमा मात्र छलफल हुने बताउनुभयो । मन्त्री महतले सीमा क्षेत्रमा भारतीय पक्षले बनाएका बााधका कारण भएको डुबान समस्या, दुई देशको सम्बन्ध सुधार र सहयोग आदानप्रदानका बिषयमा भ्रमण फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया