एमालले प्रधानमन्त्रीले उठानुपर्ने एजेण्डा जानकारी गरायो

काठमाडौं–भदौ २७ । प्रधानमन्त्रीको भारत भ्रमणका विषयलाई लिएर नेकपा एमालेले विभिन्न ६ बुंदे एजेण्डासहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार गएको एमाले प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा राख्नुपर्ने एजेण्डाबारे जानकारी गराएको हो ।

ज्ञापनपत्रमा एमालेले  विगतमा  भएका सम्झौताको कार्यान्वयन राष्ट्रहित अनुकुल हुनेगरी अघि बढाउन पनि माग गरेको छ । साथै १९५० को सन्धिदेखि इन्धन आपूर्ति द्धिपक्षीय सुरक्षा लगायतका विषयमा पनि एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले सबैतिरबाट आएका सकारात्मक सुझावलाई सम्बोधन गर्नेगरी आफूले पहल गरिरहेको जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया