सरकारसँग अनौपचारिक छलफलमा भइरहेको छ : मधेशी मोर्चा

काठमाडौं–भदौ २६ । वर्तमान सत्ता घटकसँग तीन बुँदे सहमति गरेर प्रधानमन्त्रीको चुनावमा अहिलेको सरकारलाई समर्थन गरेको संघीय लोकतान्त्रिक मधेशी मोर्चा अहिले आफ्ना मागका विषयलाई लिएर अनौपचारिक छलफलमा छ । मधेशी मोर्चाका नेताहरू अहिले आफ्ना माग पूरा गराउने विषयमा सरकारमा सहभागी दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहालसँग माग सम्बोधनका विषयमा छलफल गरेका हुन् । मधेशी मोर्चामा सहभागी दलका नेताहरूले अहिलेको सरकार पनि मधेशका सम्बोधनका विषयमा गम्भीर नभएको आरोप लगाइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माग सम्बोधन गर्ने मौखिक आश्वसन धरै दिएपनि व्यवहारिक कार्यान्वयन गर्न ध्यान नदिएको आरोप मोर्चाको नेता छ ।

फाइल फोटो
फाइल फोटो

मोर्चाले सरकारले तत्काल माग सम्बोधन गर्ने संकेत नदेखाए फेरी आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । संविधान संसोधन मार्फत मधेशी–जनजाति लगायतका आन्दोलनरत पक्षको माग सम्बोधन हुनुपर्ने पक्षमा रहेका मधेशी मोर्चाका नेताहरुले निकासका लागि वर्तमान सरकारले नै विशेष पहल थाल्नुपर्ने बताउंछन । सरकार गठन हुनु अघि भएको तीन बुदेँ सम्झौतामा मधेश आन्दोलनका क्रममा घाइते हुनेलाई उपचार र मृतकका परिवारलाई राहत सहित शहीद घोषणा गर्नुपर्ने, संघियता र सिमाङ्कनको विषय टुङ्ग्याउने विषय समेटिएका छन् ।

तपाईको प्रतिक्रिया