भदौ २६ । जनकपुर–भिठ्ठामोड सडक निर्माणकालागि संघर्षरत संयुक्त संघर्ष समितिको बन्दका कारण जनकपुर–भिठ्ठामोड सडक खण्डमा शनिबार कुनै पनि सवारी साधन चल्न सकेनन् । समितिको बन्दको कारण लामा तथा साना दुरीमा चल्ने सार्वजनिक सवारी साधन लगायत मोटर साइकल बाहेक अरु सवारी साधन चल्न सकेन । शुक्रवार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जनकपुर भिठ्ठामोड ४ लेन सडकको शिलान्यास गरेपनि समितिले ६ लेन सडक बनाउनुपर्ने माग गर्दै आएको छ । संघर्ष समितिका संयोजक रामकुमार शर्माले मन्त्री लेखकलाई पुनस् ज्ञापन पत्र बुझाउंदै सडकलाई ६ लेनको नबनाए सम्म आफूहरुको पूर्व घोषित आन्दोलन जारी रहने बताउनुभएको छ ।